• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

शिक्षा र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रता बलियो बनाएको छ : परराष्ट्रमन्त्री खनाल

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
शिक्षा र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रता बलियो बनाएको छ : परराष्ट्रमन्त्री खनाल
0
SHARES
0
VIEWS

जापान नेपालको भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै खनालले शिक्षा, प्रविधि र नवप्रवर्तनमा सहकार्य विस्तार गर्नुपर्ने बताए

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र नागरिकस्तरको आपसी सम्बन्धले नेपाल र जापानबीचको मित्रतालाई थप मजबुत बनाएको बताएका छन् । साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन समारोहमा उनले शैक्षिक आदानप्रदानबाट विकसित सम्बन्ध दीर्घकालसम्म कायम रहने बताए ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको प्रसङ्ग उल्लेख गर्दै मन्त्री खनालले दुई देशबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्धभन्दा निकै पुरानो रहेको स्मरण गरे ।

उनका अनुसार सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाई कावागुची बौद्ध धर्मसम्बन्धी ग्रन्थको खोजीमा नेपाल आएका थिए । त्यसपछि सन् १९०० को सुरुआतमा आठ नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जापान पुगेका थिए । यस्ता प्रारम्भिक सम्पर्कले दुई देशका नागरिकबीच आपसी सम्बन्ध विस्तारको आधार तयार गरेको र त्यसले सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्धको रूप लिएको उनले बताए ।

जापानको आर्थिक विकास र प्राविधिक प्रगतिले नेपालको विकास यात्रालाई प्रेरणा दिएको उल्लेख गर्दै खनालले पछिल्ला सात दशकदेखि जापान नेपालका लागि विश्वासिलो विकास साझेदारका रूपमा रहेको बताए । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासमा जापानले पुर्‍याएको सहयोगको उनले प्रशंसा गरे ।

मन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष त्यहाँ अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली दोस्रो ठूलो समूह बनेको जानकारी दिए । यसले दुई देशबीचको शैक्षिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गरेको उनको भनाइ थियो ।

नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति जापानी प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवादमार्फत व्यक्त गरेको दुःख र ऐक्यबद्धताका लागि पनि उनले आभार व्यक्त गरे । विपद्का बेला जापानले उपलब्ध गराएको आपत्कालीन राहत सामग्री, फरेन्सिक विज्ञता तथा डीएनए पहिचानमा गरेको सहयोगले दुई देशबीचको आत्मीयता र सहकार्यलाई प्रतिबिम्बित गरेको उनले बताए ।

त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण तथा त्यहाँका सम्राट र प्रधानमन्त्रीसँग भएका भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप उचाइ दिएको खनालले उल्लेख गरे ।

नेपाल–जापान सम्बन्ध विस्तारमा योगदान पुर्‍याएका पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत मदनकुमार भट्टराईलाई यस वर्ष जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान प्रदान गरेकोमा उनले खुसी व्यक्त गरे ।

शिक्षालाई दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै मन्त्री खनालले जापानमा अध्ययन गरेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र विभिन्न पेसामा आबद्ध व्यक्तिले स्वदेश फर्किएर संस्थागत विकास, उद्योग तथा सामुदायिक क्षेत्रमा योगदान गरिरहेको बताए ।

जापान सरकारको ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप’ (जेडीएस) कार्यक्रमले नेपाली सरकारी अधिकारीलाई जापानमा उच्च शिक्षा हासिल गर्ने अवसर उपलब्ध गराएको उनले बताए । यस कार्यक्रमबाट सार्वजनिक नीति निर्माण, सुशासन र विकास प्रशासनमा नेपालको संस्थागत क्षमता बढाउन सहयोग पुगेको उनको भनाइ थियो ।

दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, तीव्र सहरीकरण र युवाका लागि रोजगारी तथा उत्पादनमूलक अवसर सिर्जनाजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्दै खनालले यी विषयमा जापानसँग सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना रहेको बताए ।

 

Previous Post

स्थानीय निर्वाचनको परिणामले तय गर्नेछ एमाले–नेकपा एकताको भविष्य

Next Post

सेन्सर पास भएको ‘पाँच पाण्डव’को प्रदर्शनमा रोक, गृह मन्त्रालयको आदेशपछि निर्माण टिम अन्योलमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav