• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सेन्सर पास भएको ‘पाँच पाण्डव’को प्रदर्शनमा रोक, गृह मन्त्रालयको आदेशपछि निर्माण टिम अन्योलमा

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
सेन्सर पास भएको ‘पाँच पाण्डव’को प्रदर्शनमा रोक, गृह मन्त्रालयको आदेशपछि निर्माण टिम अन्योलमा
0
SHARES
0
VIEWS

काठमाडौं । प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन अनिश्चित बनेको छ। केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेट प्राप्त गरिसकेको फिल्मलाई सूचना तथा सञ्चार मन्त्रालयको पत्राचारपछि तत्काल प्रदर्शन नगर्न निर्देशन दिइएको बताइएको छ।

आउँदो शुक्रबारदेखि देशभर प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्रलाई रोक्न निर्देशन आएपछि निर्माण पक्षलाई धक्का लागेको छ। सेन्सर बोर्डबाट सार्वजनिक प्रदर्शनका लागि कुनै अवरोध नरहेको प्रमाणपत्र पाएको फिल्म अन्तिम समयमा रोकिएपछि निर्माण टिम अन्योलमा परेको हो।

स्रोतका अनुसार मन्त्रालयका कर्मचारीले निर्माण पक्षलाई फोन गर्दै फिल्मको अग्रिम टिकट बुकिङसमेत नखोल्न निर्देशन दिएका थिए। गृह सचिवको आदेश रहेको भन्दै पत्र बुझ्न सिंहदरबार आउनसमेत भनिएको स्रोतको दाबी छ।

निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले फिल्मको प्रदर्शन रोक्न गृह मन्त्रालयलाई आग्रह गरेका थिए। सोही आग्रहका आधारमा गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई चलचित्र प्रदर्शन नगराउन निर्देशन दिएको स्रोतले जनाएको छ।

फिल्म प्रदर्शनमा रोक लगाइएको विषयमा चलचित्रकर्मीहरूले असन्तुष्टि जनाएपछि चलचित्र विकास बोर्डले यसबारे छलफल गरेर समस्या समाधान गर्ने आश्वासन दिएको निर्माण पक्षनिकट स्रोतको भनाइ छ।

हरिवंश आचार्यमाथि लक्षित विरोधपछि प्रदर्शन रोकिएको दाबी

चलचित्रको थिम पोस्टर सार्वजनिक भएदेखि नै एउटा समूहले फिल्मप्रति असन्तुष्टि जनाउँदै आएको थियो। फिल्मले आफ्नो धार्मिक आस्थामाथि चोट पुर्‍याएको भन्दै उक्त समूहले विरोध गरेको बताइएको छ।

विशेषगरी चलचित्रका मुख्य कलाकार हरिवंश आचार्यलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आलोचना र आरोप लगाउने गतिविधि भएका थिए। फिल्म बहिष्कार गर्नुपर्ने भन्दै केही समूह सुरुदेखि नै सक्रिय रहेको निर्माण पक्षको दाबी छ।

निर्माण टिमले यिनै समूहको दबाबका कारण चलचित्र प्रदर्शन रोक्न निर्देशन दिइएको आशंका गरेको छ।

महाभारतसँग प्रतीकात्मक सम्बन्ध, कथा दाजुभाइको सम्बन्धमा केन्द्रित

चलचित्रको नाम र पोस्टर हेर्दा ‘पाँच पाण्डव’ महाभारतको कथामा आधारित फिल्म जस्तो देखिए पनि यसको कथावस्तु प्रत्यक्ष रूपमा महाभारतमा केन्द्रित छैन।

फिल्ममा महाभारतलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। यसको मुख्य कथा भने दाजुभाइबीचको सम्बन्ध र पारिवारिक विषयवस्तुमा आधारित रहेको बताइएको छ।

सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पाइसकेको चलचित्रलाई अन्तिम समयमा रोक्न खोजिएको घटनाले अभिव्यक्ति स्वतन्त्रता, चलचित्र प्रदर्शनको अधिकार र नियामक निकायको भूमिकाबारे समेत प्रश्न उठाएको छ।

Previous Post

शिक्षा र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रता बलियो बनाएको छ : परराष्ट्रमन्त्री खनाल

Next Post

२२ वर्ष अन्तरिक्षमा बिताएको नासाको स्विफ्ट टेलिस्कोप पृथ्वीमा खस्यो, ३ करोड डलरको उद्धार योजना असफल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav