• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

तिहारका लागि बालगोपालेश्वर मन्दिर, रङरोगन र सरसफाइ

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
तिहारका लागि बालगोपालेश्वर मन्दिर, रङरोगन र सरसफाइ
0
SHARES
0
VIEWS

काठमाडौं, २० कात्तिक। काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु गरिएको छ।

भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ।

काठमाडौं महानगरपालिका–२८ ले बजेट विनियोजन गरी मन्दिरको रङरोगन तथा सरसफाइ सुरु गरेको हो। भाइटीकाका दिन मन्दिरमा आउने भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजा गर्ने वातावरण मिलाउने उद्देश्यले तयारी थालिएको हो।

वर्षभरि बन्द रहने यो मन्दिर भाइटीकाको दिन एक दिनका लागि मात्रै खुला गरिन्छ। दिदीबहिनी नभएका दाजुभाइहरू मन्दिरमा पुगेर बालगोपालेश्वरको दर्शन गरी टीका ग्रहण गर्ने परम्परा छ।

रानीपोखरीको निर्माण तत्कालीन राजा प्रताप मल्लको शासनकालमा भएको इतिहास छ। सन् १६७१ मा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको मन्दिर पनि काठमाडौंको ऐतिहासिक तथा धार्मिक सम्पदाका रूपमा परिचित छ।

२०७२ सालको भूकम्पबाट क्षति पुगेपछि मन्दिरको पुनर्निर्माण गरिएको थियो। पुनर्निर्माणपछि २०७७ सालमा भाइटीकाको दिनदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको थियो।

तिहारको मुख्य दिन भाइटीकामा मन्दिरमा दर्शन तथा टीका ग्रहण गर्न बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ। त्यसैले मन्दिरसम्म पुग्ने पुल, परिसर तथा आसपासको क्षेत्रको सरसफाइ र व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ।


Previous Post

चालु आर्थिक वर्षमा ७–८ अर्ब अनुदान जुटाउन पनि कठिन छ : अर्थमन्त्री वाग्ले

Next Post

आशुतोष इनर्जीलाई आईपीओ निष्कासनको अनुमति, सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर आउने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav