स्वास्थ्य तथा खाद्य स्वच्छता विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार गत साउनदेखि असोजसम्मको अवधिमा खाद्य पदार्थको गुणस्तर तथा स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने उत्पादक र व्यवसायीमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो।
विभाग तथा मातहतका कार्यालयहरूले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बजार अनुगमन र निरीक्षण गर्ने क्रममा कैफियत भेटिएका खाद्य पदार्थका उत्पादकविरुद्ध मुद्दा दायर गरेका हुन्।
मानव स्वास्थ्यको सुरक्षा र उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यले खाद्य बजार, उद्योग, होटल तथा रेस्टुरेन्टलगायत विभिन्न खाद्य व्यवसायको अनुगमन गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा खाद्य निरीक्षण अधिकारीहरूले संकलन गरेका नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर तथा मापदण्ड पूरा नगरेको पाइएपछि सम्बन्धित उत्पादक तथा खाद्य व्यवसायीविरुद्ध कानुनी कारबाही अघि बढाइएको विभागको भनाइ छ।
विभागका अनुसार मापदण्डविपरीत पाइएका खाद्य पदार्थका उत्पादक तथा व्यवसायीविरुद्ध सम्बन्धित जिल्ला अदालत र प्रमुख जिल्ला अधिकारीसमक्ष मुद्दा दायर गरिएको हो
