• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

छ दिनमै सिक्लेस पुगे ३ हजारभन्दा बढी पर्यटक, दैनिक औसत ५२४ जनाको आगमन

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
छ दिनमै सिक्लेस पुगे ३ हजारभन्दा बढी पर्यटक, दैनिक औसत ५२४ जनाको आगमन
0
SHARES
4
VIEWS

पोखरा, २२ कात्तिक। पर्यटकीय गतिविधि बढेसँगै कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ सिक्लेसमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। पछिल्लो छ दिनको अवधिमा मात्रै तीन हजारभन्दा बढी पर्यटकले सिक्लेस भ्रमण गरेका छन्।

मादी गाउँपालिका–१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख अर्थात् कात्तिक १५ देखि २० गतेसम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका हुन्। उक्त तथ्याङ्कअनुसार गाउँमा दैनिक औसत ५२४ जना पर्यटकको आगमन भएको छ।

सिक्लेस भ्रमणमा आउने अधिकांश पर्यटक गाउँमा केही समय बिताएपछि चर्चित पर्यटकीय गन्तव्य कोरी र हिमनदी ताल क्हफुचे जाने पदयात्रामा निस्कने गरेका छन्। वडाध्यक्ष गुरुङका अनुसार यी गन्तव्य पर्यटकको प्रमुख आकर्षण बनेका छन्।

छ दिनको तथ्याङ्क हेर्दा कात्तिक १८ गते सबैभन्दा धेरै पर्यटक सिक्लेस पुगेका थिए। उक्त दिन मात्रै ७१९ जनाले गाउँको भ्रमण गरेका थिए। त्यसैगरी, कात्तिक १५ गते सबैभन्दा कम २५४ जना पर्यटक सिक्लेस पुगेको वडाध्यक्ष गुरुङले जानकारी दिए।

पर्यटकको बढ्दो आगमनले स्थानीय होटल तथा घरबास (होमस्टे) सञ्चालकहरूमा उत्साह थपिएको छ। पर्यटकीय गतिविधि बढेसँगै स्थानीय व्यवसायीको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ किलोमिटर दूरीमा सिक्लेस गाउँ अवस्थित छ। करिब ४०० घरधुरी रहेको यस गाउँमा गुरुङ समुदायको बाहुल्यता छ। प्राकृतिक सुन्दरता, सांस्कृतिक पहिचान र आसपासका पदयात्रा गन्तव्यका कारण सिक्लेस पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ।

Previous Post

सार्वजनिक खरिदका श्रमिकको न्यूनतम दैनिक ज्याला १ हजार ७४० रुपैयाँ कायम

Next Post

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा उपस्थित हुन आग्रह

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav