• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

फूलखेतीबाटै तिहार खर्च जुटाउँदै नेपालगञ्जका तीन युवा

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
फूलखेतीबाटै तिहार खर्च जुटाउँदै नेपालगञ्जका तीन युवा
0
SHARES
5
VIEWS

बाँके । बाँकेको नेपालगञ्जमा सामूहिक रूपमा व्यावसायिक फूलखेती गरेका तीन युवाले फूल बिक्रीबाटै तिहारको खर्च जुटाएका छन्। कृषि विषय अध्ययन गरिरहेका उनीहरूले १० कट्ठा जमिनमा फूलखेती गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन्।

मध्यपश्चिम विश्वविद्यालयमा कृषि विषयमा स्नातक तह अध्ययनरत नेपालगञ्ज उपमहानगरपालिका–१९ का बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले फुटाहा गाउँमा सामूहिक रूपमा फूलखेती गरेका छन्।

उनीहरूले उत्पादन गरेको फूल अहिले बजारमा बिक्री भइरहेको छ। सञ्चालक बेदराज आचार्यका अनुसार अहिलेसम्म करिब पाँच क्विन्टल फूल बिक्री भइसकेको छ भने थप पाँच क्विन्टल बिक्री हुन बाँकी छ।

फार्मबाटै प्रतिकिलो ४०० रुपैयाँका दरले फूल बिक्री गर्दै आएका उनीहरूले हालसम्म करिब दुई लाख रुपैयाँ आम्दानी गरिसकेका छन्।

अर्का सञ्चालक असिम सिग्देलले यस वर्षको तिहार खर्च फूलखेतीबाटै जुटेको बताए। थोरै लगानी र मेहनतबाट पनि राम्रो आम्दानी गर्न सकिने आत्मविश्वास फूलखेतीले दिएको उनको भनाइ छ।

उनका अनुसार तिहारअघि नै करिब दुई लाख रुपैयाँ बराबरको फूल बिक्री भइसकेको छ। स्थानीय ग्राहकले अग्रिम बुकिङसमेत गरेका छन्। बुटवल, दाङ, काठमाडौं र सुर्खेतबाट पनि फूलको माग आए पनि उनीहरूले स्थानीय बजारलाई प्राथमिकता दिएका छन्।

यस वर्ष बाँके जिल्लामा करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ। नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुर क्षेत्रमा किसानले फूलखेती गर्दै आएका छन्।

फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरका अनुसार जिल्लामा सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूल उत्पादन भइरहेका छन्। भारतीय फूलको आयात नियन्त्रण गर्न सके स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउनुका साथै आम्दानीसमेत बढाउन सक्ने उनको भनाइ छ।

तिहार नजिकिएसँगै किसान तथा व्यवसायीले नेपालगञ्जको त्रिभुवनचोक, धम्बोझीचोकलगायत स्थानमा फूलको बिक्री वितरण तीव्र बनाएका छन्।

Previous Post

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

Next Post

नेतन्याहूलाई चुनौती दिँदै गादी आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav