सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाका ब्याटर सम्राले २३ बलमा ६ चौका र २ छक्काको मद्दतले ५० रन बनाएका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले यसै खेलमा अर्धशतक प्रहार गरेका हुन्।
सम्राको यो अर्धशतकसँगै पोखरा एभेन्जर्सले जारी सिजनमा पहिलोपटक अर्धशतक बनाउने खेलाडी पाएको छ।
उनले पहिलो विकेटका लागि महेसी असनसँग २७ रनको साझेदारी गरेका थिए। त्यसपछि क्रिजमा आएका कुशल भुर्तेलसँग मिलेर उनले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै टोलीको रन गति बढाएका छन्।
