• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ओस्कारको आधिकारिक पेजमा दीपिका र रणवीरको ‘नगाडा संग ढोल’, सामाजिक सञ्जालमा चर्चा

रिजन खड्का by रिजन खड्का
२३ कार्तिक, २०८३
A A
ओस्कारको आधिकारिक पेजमा दीपिका र रणवीरको ‘नगाडा संग ढोल’, सामाजिक सञ्जालमा चर्चा
0
SHARES
5
VIEWS

बलिउडका फिल्म, कलाकार र गीतको लोकप्रियता भारतमा मात्र सीमित छैन। हिन्दी चलचित्रका गीतसङ्गीतले विश्वभरका दर्शक तथा सङ्गीतप्रेमीको ध्यान खिच्दै आएका छन्। यसै क्रममा ओस्कारको आधिकारिक सामाजिक सञ्जाल पेज ‘द एकेडेमी’ ले बलिउडको चर्चित गीत ‘नगाडा संग ढोल’ साझा गरेपछि यसको चर्चा चुलिएको छ।

सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘गोलियों की रासलीला राम–लीला’ को उक्त गीतमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह देखिएका छन्।

गीत सार्वजनिक भएको लामो समयपछि पनि यसको लोकप्रियता कायम छ। विशेषगरी गीतमा दीपिकाको गरबा नृत्य, आकर्षक प्रस्तुति र परम्परागत पहिरनले दर्शकको ध्यान खिचेको थियो। गीतमा श्रेया घोषाल र उस्मान मीरले स्वर दिएका छन्।

द एकेडेमीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताबाट गीतको भिडियो साझा गर्दै लेखेको छ, ‘बलिउडका सपना यस्तै हुन्छन्।’ पोस्टमा फिल्मको नाम, निर्देशक र गीतसम्बन्धी विवरणसमेत उल्लेख गरिएको छ।

एकेडेमीको पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका छन्। केहीले दीपिका पादुकोणप्रति एकेडेमीको विशेष रुचि रहेको भन्दै टिप्पणी गरेका छन्।

एक प्रयोगकर्ताले एकेडेमीलाई दीपिका सबैभन्दा मनपर्ने बलिउड अभिनेत्री हुन् कि भनेर प्रश्न गरेका छन्। अर्का प्रयोगकर्ताले दीपिकासँग सम्बन्धित विशेष दृश्य र क्षण साझा गर्नु एकेडेमीको नियमित बानीजस्तै भएको प्रतिक्रिया दिएका छन्।

त्यस्तै, केहीले दीपिकाको व्यक्तित्व र अभिनयको प्रशंसा गरेका छन् भने एक प्रयोगकर्ताले उक्त गीत नवरात्रिका लागि उपयुक्त भए पनि दीपावलीसँग सम्बन्धित नभएको टिप्पणी गरेका छन्।

यसअघि पनि द एकेडेमीले दीपिका पादुकोणका फिल्मसँग सम्बन्धित दृश्यहरू आफ्नो सामाजिक सञ्जालमा साझा गरिसकेको छ। पछिल्लो पोस्टले बलिउड गीतको अन्तर्राष्ट्रिय लोकप्रियता र दीपिका–रणवीरको पर्दामा देखिने केमेस्ट्रीलाई पुनः चर्चामा ल्याएको छ।

Previous Post

‘कबड्डी–५’ को कमाइ १२ करोड नाघ्यो, बक्स अफिसमा ‘गौँथली’ शीर्षस्थानमा

Next Post

आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारकको डिजिटल अभिलेखीकरण

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav