• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारकको डिजिटल अभिलेखीकरण

रिजन खड्का by रिजन खड्का
२३ कार्तिक, २०८३
A A
आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारकको डिजिटल अभिलेखीकरण
0
SHARES
5
VIEWS

काठमाडौं । नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र अभिलेखीकरण गर्ने उद्देश्यले सञ्चालित नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडीपी) ले आठ वर्षको अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

सन् २०१८ मा सुरु भएको यस परियोजनाले हालसम्म नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ । यसका साथै विभिन्न जात्रा, पर्व तथा अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित वृत्तचित्र र अभिलेखसमेत तयार पारिएको छ ।

परियोजनाबाट सङ्कलित सामग्री पुरातत्व विभागको राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्नुका साथै डिजिटल डेटाबेसमा सुरक्षित राखिएको छ ।

जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतका अनुसन्धान संस्थाहरू तथा नेपालका सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर र पुरातत्व विभागको सहकार्यमा परियोजना सञ्चालन गरिएको थियो । बेलायतस्थित आर्केडिया फण्डले परियोजनाका लागि मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

यस अभियानमा हाइडेलबर्ग विश्वविद्यालय पुस्तकालय, काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी), युनेस्को नेपाल, काठमाडौं विश्वविद्यालयको सेन्टर फर आर्ट एन्ड डिजाइन तथा हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटको काठमाडौं कार्यालयले पनि सहकार्य गरेका थिए ।

परियोजना सम्पन्न भएपछि डिजिटल डेटाबेसको सञ्चालन, व्यवस्थापन र संरक्षणको जिम्मेवारी नेपाल आर्किटेक्चर आर्काइभमार्फत सराफ फाउन्डेसनले लिने भएको छ ।

परियोजना प्रमुख प्राडा क्रिस्टियाने ब्रोसियसले डिजिटल अभिलेखले अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पदामा रुचि राख्ने व्यक्तिलाई ऐतिहासिक सामग्रीको अध्ययन र संरक्षणमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताइन् । उनका अनुसार परियोजना सम्पन्न हुनु सम्पदा संरक्षणको अन्त्य नभई नयाँ चरणको सुरुआत हो ।

सराफ फाउन्डेसनका अध्यक्ष अरुण सराफले सङ्कलित ज्ञान र तथ्याङ्क नेपालमै सुरक्षित राख्दै सरोकारवालाको पहुँच सहज बनाउन संस्था प्रतिबद्ध रहेको बताए । उनले डिजिटल अभिलेखको निरन्तर व्यवस्थापन गरी अनुसन्धानकर्ता तथा सम्पदा संरक्षणमा संलग्न विज्ञलाई आवश्यक सामग्री उपलब्ध गराइने जानकारी दिए ।

परियोजनाअन्तर्गत नुवाकोटका ऐतिहासिक भवन तथा सांस्कृतिक सम्पदाको समेत विस्तृत अभिलेखीकरण गरिएको छ । प्राडा ब्रोसियसका अनुसार बाढीका कारण क्षति पुगेका वा बगाएका ऐतिहासिक संरचनालाई पुरानै स्वरूपमा पुनर्निर्माण तथा संरक्षण गर्न यस्ता अभिलेख उपयोगी हुनेछन् ।

यसैबीच, जोसेफ पिटर रिन्डफ्लेइस सङ्ग्रहमा रहेका ८०० भन्दा बढी ऐतिहासिक नेपाली हस्तलिखित ग्रन्थ तथा कागजात राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ । जर्मनीबाट नेपाल फिर्ता ल्याइएका ती सामग्रीमा १३औँदेखि २०औँ शताब्दीसम्मका ताडपत्र, लालमोहर, अदालती स्रेस्ता, संस्कृत ग्रन्थ तथा यात्रा संस्मरणलगायतका ऐतिहासिक दस्तावेज छन् ।

सङ्ग्रहकर्ता स्वर्गीय रिन्डफ्लेइसको इच्छाअनुसार सन् २०१८ मा ती सामग्री हाइडेलबर्ग विश्वविद्यालयका प्राडा एक्सेल माइकेल्सलाई जिम्मा लगाइएको थियो । जर्मनीमा आवश्यक संरक्षण, डिजिटलाइजेसन तथा सूचीकरणको प्रक्रिया पूरा भएपछि ती ऐतिहासिक सामग्री नेपाल ल्याएर राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको हो ।

Previous Post

ओस्कारको आधिकारिक पेजमा दीपिका र रणवीरको ‘नगाडा संग ढोल’, सामाजिक सञ्जालमा चर्चा

Next Post

देउसी–भैलो गीतमार्फत सरकारको विरोध नभई देशका समस्या समाधान गर्न सुझाव दिएको शङ्कर क्षेत्रीको स्पष्टीकरण

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav