• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्री बालेनको निर्देशन

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्री बालेनको निर्देशन
0
SHARES
5
VIEWS

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई भ्रमणलाई औपचारिक भेटघाट र घुमघाममा मात्र सीमित नराख्न निर्देशन दिएका छन्। उनले चीनबाट नेपालले लिन सक्ने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी लाभको पहिचान गर्दै दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन भ्रमण उपयोग गर्न सुझाव दिएका हुन्।

नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउन तथा आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य र पार्टीका नेताहरूले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका थिए।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर भ्रमण गर्न सुझाव दिएको जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री साहले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई थप मजबुत बनाउने गरी भ्रमणलाई उपलब्धिमूलक बनाउन आग्रह गरेका छन्। विशेषगरी प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन र कृषिको आधुनिकीकरणका क्षेत्रमा चीनबाट प्राप्त गर्न सकिने अवसरबारे गहन अध्ययन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

बुर्लाकोटीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको भ्रमण कार्यतालिकामा पनि यी विषय समावेश छन्। भ्रमणलाई पर्यटकीय गतिविधिमा मात्र सीमित नराखी नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने प्रधानमन्त्रीको सुझाव रहेको उनले बताए।

प्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिँदै बुर्लाकोटीले भने, ‘नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणलाई प्रभावकारी बनाउने र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो। उहाँले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन र कृषिको आधुनिकीकरणका क्षेत्रमा चीनबाट लिन सकिने लाभबारे अध्ययन तथा सहकार्य गर्न निर्देशन दिनुभएको छ।’

उनले भ्रमणका क्रममा नेपाल र चीनबीचको सीमा सम्बन्धी विषयमा भने छलफल नहुने स्पष्ट पारे। पार्टी तहको भ्रमण भएकाले सीमा विवादको विषय कार्यसूचीमा नरहेको र यस विषयमा नेपालको आधिकारिक धारणा यथावत् रहने उनले बताए।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाको संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा पार्टीका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित विभिन्न सांसद सहभागी हुनेछन्।

टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन्।

भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि क्षेत्रको आधुनिकीकरण तथा पर्यटन विकासका सम्भावनाबारे अध्ययन र छलफल हुने अपेक्षा गरिएको छ।


Previous Post

भीमफेदी दुर्घटनाप्रति कांग्रेसको दुःख, राहत र निःशुल्क उपचारको माग

Next Post

एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा ३ हजार १६४ जना सहभागी हुने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav