• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बने पनि दानबहादुर कार्कीले बुझेनन् नियुक्तिपत्र

सिंहदरबारमा कार्यकक्ष तयार, आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बने पनि दानबहादुर कार्कीले बुझेनन् नियुक्तिपत्र
0
SHARES
3
VIEWS

काठमाडौँ । सरकारले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरे पनि उनले अहिलेसम्म नियुक्तिसम्बन्धी पत्र बुझेका छैनन्। सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनका लागि छुट्टै कार्यकक्षसमेत तयार गरेको छ।

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयप्रति असहमति जनाउँदै कार्कीले भोलिपल्टै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

कार्कीलाई हटाएर नयाँ प्रहरी महानिरीक्षक नियुक्त भएका डा. मनोज केसीले प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन्। तर, नयाँ जिम्मेवारीमा खटाइएका कार्कीले भने नियुक्तिपत्र नबुझेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले बताएका छन्।

सरकारले विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी कार्कीको दरबन्दी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राख्ने निर्णय गरेको थियो। आफूलाई आईजीपीबाट हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले दायर गरेको रिटमा कात्तिक ३० गते पहिलो सुनुवाइ हुने तय भएको छ।

कार्की निकटस्थहरूका अनुसार उनले यसअघि प्रयोग गर्दै आएको मोबाइल नम्बरसमेत चलाउन छाडेका छन्। सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा रहेका उनका लागि प्रधानमन्त्री कार्यालयमा नयाँ कार्यकक्ष तयार पारिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीका अनुसार कार्कीका लागि सिंहदरबारस्थित कार्यालयको कोठा नम्बर २०७ मा कार्यकक्ष तयार गरिएको छ। प्रधानमन्त्री शाहको कार्यकक्ष रहेको तलामै कार्कीको नामप्लेटसहित छुट्टै कोठाको व्यवस्था गरिएको छ।

सरकारी अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा कार्कीले सचिवसरहको सुविधा पाउनेछन्। त्यसअनुसार उनलाई छुट्टै कार्यकक्ष, सवारीसाधन र चालक उपलब्ध गराइनेछ।

 

Previous Post

भीमफेदी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका अवधेश यादव अस्पताल भर्ना

Next Post

भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, क्षतिपूर्ति छिट्टै उपलब्ध गराउने सरकारको प्रतिबद्धता

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav