पार्टी केन्द्रीय कार्यालयका अनुसार प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा जनकराज पाठकलाई मनोनीत गरिएको हो।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको पत्रमार्फत पाठकलाई उक्त जिम्मेवारी प्रदान गरिएको जानकारी दिइएको छ। पत्रमा उनलाई तोकिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै बधाई तथा शुभकामना पनि दिइएको छ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर महिनाको अन्तिम साता आयोजना हुँदैछ। महाधिवेशनलाई सफल बनाउन पार्टीले प्रचारप्रसारलगायतका तयारीलाई तीव्रता दिएको छ।
