• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अन्तरिक्षमा थुप्रिँदो फोहोरले पृथ्वीको मौसम र वायुमण्डलमा बढायो जोखिम

निष्क्रिय उपग्रह र रकेटका अवशेषबाट निस्कने रसायनले ओजोन तहमा क्षति पुर्‍याउन सक्ने, ध्रुवीय चक्रवात र मौसम प्रणालीसमेत प्रभावित हुने वैज्ञानिकहरूको चेतावनी

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
अन्तरिक्षमा थुप्रिँदो फोहोरले पृथ्वीको मौसम र वायुमण्डलमा बढायो जोखिम
0
SHARES
3
VIEWS

काठमाडौँ । पृथ्वीको कक्षमा निरन्तर बढिरहेको मानव निर्मित फोहोरले अब अन्तरिक्षमा रहेका उपग्रहलाई मात्रै होइन, पृथ्वीको वायुमण्डल र मौसम प्रणालीलाई समेत प्रभावित पार्ने जोखिम बढाएको छ।

रातको सफा आकाशमा हेर्दा पृथ्वीको परिक्रमा गरिरहेको कुनै उपग्रह देखिन सक्छ। तर अन्तरिक्षमा घुमिरहेका सबै वस्तु सञ्चालनमा छैनन्। काम नलाग्ने पुराना उपग्रह, प्रयोग भइसकेका रकेटका अवशेष तथा धातु र रङका साना टुक्रा पृथ्वीको कक्षमा थुप्रिँदै गएका छन्।

वैज्ञानिकहरूका अनुसार यस्ता वस्तु वायुमण्डलमा प्रवेश गरी जल्दा निस्कने रसायनले प्रदूषण बढाउनुका साथै जलवायु र मौसम प्रणालीमा समेत असर पार्न सक्छन्।space_trash_102826_1-376936

के हो अन्तरिक्षको फोहोर?

मानिसले अन्तरिक्षमा पठाएर प्रयोगपछि त्यहीँ छाडेका निष्क्रिय कृत्रिम वस्तु तथा तिनका अवशेषलाई अन्तरिक्षको फोहोर भनिन्छ। यसमा काम नलाग्ने ठूला उपग्रहदेखि रकेटबाट छुट्टिएका रङका साना टुक्रासम्म पर्छन्।

अन्तरिक्षमा रहेका यी वस्तु अत्यन्त तीव्र गतिमा घुमिरहेका हुन्छन्। तिनको गति प्रतिघण्टा १८ हजार माइलसम्म पुग्न सक्छ, जुन बन्दुकको गोलीको गतिभन्दा करिब सात गुणा बढी हो। एक सेन्टिमिटरभन्दा ठूलो टुक्रासमेत यस्तो गतिमा चल्दा निकै विनाशकारी हुन सक्छ।

मौसमको अवस्था निगरानी गर्ने र सञ्चार सेवा उपलब्ध गराउने उपग्रहहरू पनि अन्तरिक्षमा मानव निर्मित वस्तुको ठूलो हिस्सा हुन्। पछिल्लो ६० वर्षमा प्रक्षेपण गरिएका उपग्रहको कुल संख्याभन्दा बढी उपग्रह पछिल्ला पाँच वर्षमा मात्रै पृथ्वीको कक्षमा पठाइएको विवरण छ।

हाल पृथ्वीको कक्षमा १६ हजारभन्दा बढी सक्रिय उपग्रह रहेको उल्लेख छ। एक अध्ययनमा उद्धृत अमेरिकी सरकारी प्रक्षेपणअनुसार सन् २०४० सम्ममा अमेरिकी उपग्रहको संख्या मात्रै ६० हजार नाघ्न सक्छ।

धेरैजसो उपग्रह पृथ्वीको सतहबाट १०० देखि १ हजार २४३ माइल उचाइमा रहेको तल्लो कक्षमा छन्। यस्ता उपग्रहलाई आयु पूरा भएपछि वायुमण्डलमा प्रवेश गरी आफैँ नष्ट हुने गरी निर्माण गरिन्छ। आयु सकिएपछि वायुमण्डलीय अवरोधले तिनलाई तलतिर तान्छ। त्यसक्रममा हावाका अणुसँग हुने घर्षणका कारण उपग्रह पृथ्वीको सतहमा पुग्नुअघि नै जल्छन्।

तर, उपग्रह जल्ने प्रक्रियाले वायुमण्डलमा रासायनिक प्रदूषण थप्ने गरेको वैज्ञानिकहरूको चिन्ता छ। उपग्रहमा रहेका धातु वाष्पीकरण भएर अक्सिजनसँग प्रतिक्रिया गर्दा ‘एल्युमिनियम अक्साइड’ अर्थात् ‘एल्युमिना’ नामक रसायन उत्पन्न हुन्छ।space_trash_102826_2-a6b5ca

जलवायु परिवर्तनमा कस्तो असर पर्न सक्छ?

‘जर्नल अफ जियोफिजिकल रिसर्च : एट्मोस्फियर्स’ मा प्रकाशित अनुसन्धानले अन्तरिक्षको फोहोरबाट उत्पन्न हुने प्रदूषणले पृथ्वीको वातावरणमा पार्न सक्ने प्रभावको अध्ययन गरेको छ।

उक्त अनुसन्धानमा प्रत्येक वर्ष अन्तरिक्षबाट खस्ने फोहोरका कारण १० हजार मेट्रिक टन एल्युमिना वायुमण्डलमा मिसिने अवस्थालाई आधार बनाएर मोडेल तयार गरिएको थियो।

अनुसन्धानकर्ताहरूको प्रक्षेपणअनुसार उपग्रहहरू वायुमण्डलमा प्रवेश गर्ने क्रम यही गतिमा जारी रहे सन् २०४० सम्ममा उत्तरी र दक्षिणी गोलार्धका ध्रुवीय क्षेत्रमा ६ देखि १९ माइल उचाइसम्म २० हजारदेखि ४० हजार मेट्रिक टन एल्युमिना जम्मा हुन सक्छ।

<text>यस प्रकारको प्रदूषणले माथिल्लो वायुमण्डलले ताप सोस्ने प्रक्रियामा परिवर्तन ल्याउन सक्छ। त्यसको प्रभाव दक्षिणी गोलार्धका उच्च अक्षांश क्षेत्रमा तापक्रममा २.७ डिग्री फरेनहाइटसम्मको उतारचढावका रूपमा देखिन सक्ने अध्ययनको निष्कर्ष छ।</text>

तापक्रममा हुने यस्तो परिवर्तनले ध्रुवीय चक्रवातमा हावाको गति र प्रवाहलाई प्रभावित पार्न सक्छ। ध्रुवीय चक्रवात हावाको विशाल घुमाउरो प्रणाली हो, जसले हिउँदको मौसम निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्छ।

यो प्रणाली अस्थिर हुँदा मध्य-अक्षांशका क्षेत्रमा हिउँदयाममा चरम मौसमी घटना हुने जोखिम बढ्न सक्छ।

ओजोन तह र मौसम पूर्वानुमानमा पनि चुनौती

अन्तरिक्षको फोहोरले पृथ्वीको वातावरणमा पार्न सक्ने अर्को चिन्ता ओजोन तहसँग सम्बन्धित छ। ओजोन तहले सूर्यबाट आउने हानिकारक विकिरणलाई रोक्दै पृथ्वीमा प्राकृतिक सुरक्षा प्रदान गर्छ।

प्रदूषणका कारण ओजोन तहमा क्षति पुगिरहेको अवस्थामा उपग्रह जल्दा उत्पन्न हुने एल्युमिनियमका कणले त्यसलाई थप असर पुर्‍याउन सक्ने वैज्ञानिकहरूको आशंका छ। ध्रुवीय चक्रवातसम्बन्धी मोडेलिङ गरिएको उक्त अध्ययनले यसलाई दक्षिणी गोलार्धमा वसन्त ऋतुमा देखिने ओजोन प्वालको अवस्थासँग पनि जोडेको छ।

अन्तरिक्षको फोहोरले मौसम पूर्वानुमान प्रणालीमा समेत समस्या निम्त्याउन सक्छ। विकसित हुँदै गरेका आँधीबेहरी पहिचान गर्न, समुद्रको तापक्रम मापन गर्न र जोखिमपूर्ण मौसमी प्रणालीको निगरानी गर्न मौसमविद्हरू सक्रिय उपग्रहबाट प्राप्त तथ्यांकमा निर्भर हुन्छन्।

तर, अन्तरिक्षमा घुमिरहेको फोहोर कुनै सक्रिय मौसमी उपग्रहसँग ठोक्किएमा त्यसबाट तथ्यांक संकलन गर्ने प्रणाली नै अवरुद्ध हुन सक्छ।

यसको एउटा उदाहरण नासाको ‘एक्वा’ उपग्रह हो। यसले इन्फ्रारेड सेन्सर प्रयोग गरी वन डढेलो पहिचान गर्छ। सन् २०२५ जनवरीमा क्यालिफोर्नियाको ‘पालिसेड्स’ क्षेत्रमा लागेको डढेलो पहिचान गर्न पनि यस उपग्रहले सहयोग गरेको थियो।space_trash_102826_5-9e3d01

नासाका अभिलेखअनुसार अन्तरिक्षको फोहोरबाट जोगिन उपग्रहले आफ्नो दिशा परिवर्तन गर्दा डढेलो निगरानीसम्बन्धी तथ्यांकमा पटक–पटक त्रुटि देखिएको र महत्त्वपूर्ण समयमा तथ्यांक संकलन अवरुद्ध भएको थियो।

अन्तरिक्षको फोहोर छल्न उपग्रहले आफ्नो मार्ग परिवर्तन गर्दा सीमित इन्धनसमेत खर्च गर्नुपर्छ। डढेलो, आँधीबेहरी, वन विनाश र समुद्रमा हुने परिवर्तनको निगरानी गर्ने नासाको ‘अर्थ अब्जर्भिङ सिस्टम’ अन्तर्गतका तीन प्रमुख उपग्रह ‘एक्वा’, ‘टेरा’ र ‘अउरा’ ले सन् २००५ देखि २०१८ सम्ममा अन्तरिक्षको फोहोरबाट बच्न कम्तीमा ३२ पटक आफ्नो मार्ग परिवर्तन गर्नुपरेको थियो।space_trash_102826_4-51c93b

यसरी अन्तरिक्षमा बढिरहेको फोहोरले उपग्रह सञ्चालनमा चुनौती थप्नुका साथै पृथ्वीको वायुमण्डल, ओजोन तह र मौसम पूर्वानुमान प्रणालीमा समेत दीर्घकालीन जोखिम सिर्जना गर्न सक्ने देखिएको छ।

 

Previous Post

कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ

Next Post

कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका लागि परेन एउटै आवेदन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav