• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका लागि परेन एउटै आवेदन

९६ पालिकामा १ हजार ८२ जनाको दाबेदारी, मोरङमा सबैभन्दा बढी आकर्षण; तराईका स्थानीय तहमा उम्मेदवार बन्ने होड

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका लागि परेन एउटै आवेदन
0
SHARES
2
VIEWS

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिलाई ‘क्यान्डिडेट क्लब’ मा नाम दर्ता गर्न आह्वान गरे पनि कोशी प्रदेशका करिब ३० प्रतिशत पालिकामा वडाध्यक्ष पदका लागि एउटै आवेदन परेको छैन।

मेयर–उपमेयर तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष पदमा उम्मेदवार बन्नेहरूको चासो बढिरहेका बेला वडाध्यक्षका लागि भने अपेक्षित आकर्षण देखिएको छैन। यसले पार्टीमा स्थानीय तहको तल्लो नेतृत्वका लागि उम्मेदवार जुटाउन चुनौती रहेको संकेत गरेको छ।

रास्वपा सभापति रवि लामिछानेले पनि केही दिनअघि चितवनमा वडाध्यक्ष पदमा चुनाव लड्न इच्छुक व्यक्तिको अभाव देखिएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए। उनले ‘राजीनामा दिएर वडाध्यक्षमा लड्न आउनुपर्ला जस्तो छ’ भनेका थिए।

नेपाल प्रेसलाई प्राप्त पार्टीको आधिकारिक विवरणअनुसार कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये पहाडी तथा हिमाली क्षेत्रका ४१ पालिकामा हालसम्म वडाध्यक्ष पदका लागि कसैले पनि क्यान्डिडेट क्लबमा नाम दर्ता गराएका छैनन्। रास्वपाले यही क्लबमा दर्ता भएका व्यक्तिमध्येबाट आगामी निर्वाचनका उम्मेदवार छनोट गर्ने घोषणा गरेको छ।

ताप्लेजुङका फुङलिङ नगरपालिका तथा आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकामा कुनै पनि वडाबाट रास्वपाको वडाध्यक्ष उम्मेदवार बन्न आवेदन परेको छैन।

खोटाङका हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, बराहपोखरी, दिप्रुङ चुइचुम्मा, जन्तेढुङ्गा, केपिलासगढी र साकेला गाउँपालिकामा पनि वडाध्यक्षका आकांक्षीले नाम दर्ता गराएका छैनन्। इलामका देउमाई र इलाम नगरपालिका तथा फाकफोकथुम, माङसेबुङ, रोङ र सन्दकपुर गाउँपालिकामा समेत आवेदन परेको छैन।

त्यसैगरी पाँचथरको फिदिम नगरपालिका तथा हिलिहाङ, कुम्मायक, मिक्लाजुङ, तुम्बेवा र याङवरक गाउँपालिका वडाध्यक्षका लागि पनि कसैले आवेदन दिएका छैनन्।

सङ्खुवासभाका चैनपुर, मादी र पाँचखपन नगरपालिका तथा चिचिला, सभापोखरी र सिलिचोङ गाउँपालिकामा समेत रास्वपाबाट वडाध्यक्ष बन्न इच्छुक व्यक्ति देखिएका छैनन्।

भोजपुरका आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिका, धनकुटाका चौबिसे, छथर जोरपाटी र साँगुरीगढी गाउँपालिका, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका तथा उदयपुरको सुनकोशी गाउँपालिकामा पनि हालसम्म आवेदन नपरेको पार्टीको विवरणमा उल्लेख छ।

९६ पालिकामा १ हजार ८२ जनाको आवेदन, मोरङ अगाडि

कोशी प्रदेशका बाँकी ९६ पालिकामा भने वडाध्यक्षको उम्मेदवार बन्न चाहने १ हजार ८२ जनाले क्यान्डिडेट क्लबमा नाम दर्ता गराएका छन्। आवेदन संख्याका आधारमा तराईका जिल्लामा उम्मेदवार बन्ने आकर्षण बढी देखिएको छ।

एकल पालिकाको हिसाबले सबैभन्दा धेरै आवेदन सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा परेको छ। त्यहाँ वडाध्यक्ष पदका लागि ४७ जनाले नाम दर्ता गराएका छन्।

जिल्लागत रूपमा मोरङ सबैभन्दा अगाडि छ। जिल्लाका १७ पालिकाबाट वडाध्यक्षको उम्मेदवार बन्न ३२५ जनाले आवेदन दिएका छन्। मोरङको धनपालथानमा ३८ र कटहरीमा ३२ जनाको आवेदन परेको छ।

त्यस्तै, सुनसरीका १२ पालिकाबाट २६९ जना, झापाका १५ पालिकाबाट २३६ जना र उदयपुरका सात पालिकाबाट १२९ जनाले आवेदन दिएका छन्। उदयपुरको त्रियुगा नगरपालिकामा मात्रै वडाध्यक्षका लागि ३९ जनाले नाम दर्ता गराएका छन्।

यसरी कोशी प्रदेशका ४१ पालिकामा वडाध्यक्षका लागि आवेदन नपर्दा बाँकी ९६ पालिकामा भने १ हजारभन्दा बढी आकांक्षी देखिएका छन्। यसले प्रदेशभित्रै रास्वपाको तल्लो तहको नेतृत्वका लागि उम्मेदवार बन्ने चासोमा भौगोलिक असमानता देखाएको छ।

 

Previous Post

अन्तरिक्षमा थुप्रिँदो फोहोरले पृथ्वीको मौसम र वायुमण्डलमा बढायो जोखिम

Next Post

अमेरिकामा ‘बर्थ टुरिज्म’विरुद्ध ट्रम्प प्रशासनको कडाइ, ६ हजारभन्दा बढीको भिसा रद्द

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav