विशेषगरी तराई–मधेस क्षेत्रमा उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि सामूहिक रूपमा मनाउने प्रचलन बढ्दै गएको छ। उपत्यकामा बसोबास गर्ने तराई–मधेससहित विभिन्न समुदायका नागरिकले यस पर्वलाई साझा सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन्।
अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य र भोलिपल्ट उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य अर्पण गरेर मनाइने छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न जलाशयमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।
छठ पर्वका लागि घाट व्यवस्थापन र पूजास्थल सजाउने कामले राजधानीका विभिन्न क्षेत्रमा चहलपहल बढाएको छ।
